गजल : हिरा घर्ती
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
कसै कैसैले जिन्दगीलाई सराब बनाइदिए
नसा सँँगै हासो उठ्ने मजाक बनाइदिए
सबै मिठो राम्रो अरे को छन् खोज्ने हाड यहाँ
जवानीलाई रसराग युक्त कबाब बनाइदिए
नाम होस, दाम होस अनि उस्तै शान उनको
दुनियाँँले हाइ हाई गर्ने रवाफ बनाइदिए
हुदा गुनगान गाउने न हो पछि फर्कि हेरोस कस्ले
चिन्छौ ? भन्दा मौनताको जवाफ बनाइदिए ।
मेरो संगत गरेपछि फलिफाप भो उनको जीवन
मेरो जीवन काल पर्खने फसाद बनाइदिए ।
जस्लाई आफ्नो सम्झ्यो मनले उहीँ गर्छन घात अनौठा
घातै घातले मन मुटु धराप बनाइदिए
पैले हुन्न मंजुरी भो अैले जिउनु करै भा’छ
पल पल मर्दै जिउनै पर्ने दबाब बनाइदिए
जुनि काट्नु एक्लै रै’छ दुईचार दिनको हासो मात्रै
यसै यसै मेरो जीवन खराब बनाइदिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
