क्रान्तिको खोल ओढेर : सञ्जय भट्टराई (कविता )

क्रान्तिको खोल ओढेर : सञ्जय भट्टराई (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

क्रान्तिको खोल ओढेर
प्रतिक्रान्ति भित्रिन्छ मेरो देशभित्र,
भएभरका इतिहास
क¥यामकुरुम पारेर सखाप पार्दछ
नाङ्गेझार बनाउँदछ मुलुक चिनाउँने
साँस्कृतिक यहिचानहरू ।

मेरै देशको झण्डा बोकाएर
मेरै देशका सन्ततिहरूलाई
मेरो सिंहदरवारमा
आगो झोस्न पठाउँदछ कोही
हु¥याउँदछ तिनलाई पशुपतिनाथतिर पनि
दशकौंसम्म उठ्न नसक्नेगरी
थिलथिलो बनाउँदछ मेरो देश ।

उत्तेजित
अझ उत्तेजित झन उत्तेजित
झनझन उत्तेजित बनाउँदछ कोही
क्रान्तिको खोल ओढेर … ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।