चार मुक्तक : सपना खड्का

चार मुक्तक : सपना खड्का

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

प्रेमरुपी  नजर तिम्रो हेरिरहन्छ पलपल
माली आउने आसा बोकि खोजिरहन्छ हरपल
स्वार्थी र मतलबी दुनियाँ फाइदा मात्र लुट्छ्न
मन आत्मा चित्त दुखाइ रोइरहन्छ पलपल ।।

रोदनमा डुबाइकन खुशी खोज्दा रहेछ्न
निर्दोष पशुलाई तड्पाएर ज्ञानि बन्दा रहेछ्न
रति पनि दयामाया छैन चेतनाको धनी मान्छे
पर धकेल्दै रमाईरमाई शान्ती खोज्दा रहेछ्न ।।

कस्तो यो बिडम्बना ? बुझ्नेलाई थाहा हुन्छ
मानिस भएर के काम ? नियतले थाहा दिन्छ
मायाप्रेम बफादारी बिश्वास लाग्ने पात्र कुकुर,
छट्पटी तड्पाइ भोगाइ भोग्नेलाई थाहा हुन्छ ।।

कुकुर भएर जन्म लियौ तिमी भित्र देख्छु बफादारिता
छोडेर जानेको पिर गर्छ ? तिमी भित्र भेटिन्छ इमानदारिता
फाइदा लियौ त्यतिबेला जतिबेला तिम्रो आवश्यकता रहयो
बिचल्लिमा पर्दा पनि मालिकलाई खोजिरहन्छ यताउता ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।