इतिहास : भूमिका गैरे तिमिल्सिना (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
“फुर्यो– फुर्यो” भन्दै कवि कोठाभित्र छिर्यो र चुकुललगायो ।
“हैन,के फुर्यो भन्छ यो ?” बुबाले बाहिरबाट चर्को स्वर गरे ।
“कामछैन, जतिखेर नि त्यहीं लेख्न मात्रै जानेछ । घरमा के छ, कसो छ ?मतलब छैन, खालीआफ्नै धुन छ ।” भाउन्निएको स्वरमा फेरि थपे ।
ऊ भने जतिखेर नि कल्पनाशीलमुन्द्रामादेखिन्थ्यो । आफ्नै अन्तर्मनमा हराउथ्यो र केही न केही लेखिरहन्थ्यो । त्यो देखेर उनी सोच्थे, “के होलायसको भविष्य, के गरी खालाकुन्नी?”
उसको साथीविपिनलाई बोलाएर सम्झाउनलगाए, “हेर कवि, यस्तो पाराले हुदैन ?इलम गर, वृद्ध बुबाआमा छन्, परिवार छ, सबैको भरोसा होस् तँ ।”
उसले भन्यो, “केही गरेनि सफलहुदैन, खै किनहो ? न भने जस्तो काम पाउँछु न त व्यवसायमाफाइदा हुन्छ, लगानीपनि डुब्यो, नगरेको होर ।” उसले खिन्नताव्यक्तगर्यो ।
दुबैका कुरा सुनिरहेका बुबाले कड्किदै बोले, “जुन काममा फाइदा हुन्छ त्यहीं काम गर्ने हो, तेरा साथीहरू कहाँबाट कहाँपुगिसके ?तँभने….।”
उसले, “कालो अनुहार बनाउँदै बुबाको तिखाबचनले टाउको निहुरायो ।”
विपिनले लामो सुस्केरा ताल्दै भन्यो, “बाँचुन्जेल सम्मानपाउँदैन यिनीहरू मरेपछि इतिहास बन्छन्, काका ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
