खबर्दारी गरौँ अब : त्रिलोचन आचार्य ( कविता )

खबर्दारी गरौँ अब : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

मान्छे यै घाम छायामा मायाकाबोट सार्दछ
मान्छे यै धरतीखोस्री नौला प्राण उमार्दछ
सृष्टिकै आँगनी टेकी मान्छे साँध लगाउँछ
रम्य एकाम्य स्रस्टाको नदीमाबाँध लाउँछ ।

प्राणी अनेक छन् भन्छ मान्छे चेतनशीलहूँ
खोस्रिँदै धरतीलाई भन्छ उद्यमशीलहूँ
नास्दै झन् स्वच्छता भन्छ सुधारेको छु यो धरा
स्रस्टा कै खेत नास्दैछ कहाँ राख्यो हराभरा ?

भोलिको म गरौँ जोहो भन्दै थप्दछ विकृति
लुटपाट गरी खाने बढाउँदै छ संस्कृति
शक्तिशालीबनीआफैँ सृष्टिकै राज ताक्दछ
मै पाऊँ सुविधाभन्दै उज्यालो साँझ मास्दछ ।

फलायो धानधर्तीले सारा खाएर सक्दछ
मीठा आग्रह माटाको भुल्दै विग्रह डाक्दछ
केहीबुझ्दैन हेरेर तीनांगा टाकुराहरु
हेर्दै केहीनबुझ्ने भो चम्किलाआँकुराहरु ।

हरियाली बढाएर चोली लाउँछ पर्वत
त्यै विनाश गरी मान्छे नांगो पार्दछ सर्बत
आफैँ बाटो बनाएर खोला र खहरे कुदे
खोस्दै मार्ग त्यही मान्छे सुतौँ भन्दछ ढुक्कले ।

दिव्य यो धरतीटेक्दै बनाउँदै छ त्यो बम
स्रोत साधनथुपार्दै भन्दैछ दुनियाँ सम
थप्दै लालच मान्छेले विध्वंशध्वंश भर्छ कि ?
बस्दै यो धरतीमाथिधर्ती नै नष्ट गर्छ कि ?

छाडा छाडे यसै मान्छे मासिनेछ यहाँ सब
बाँडेर चेतना नौलो खबर्दारी गरौँ अब ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।