विश्व युवा स्क्राबल च्याम्पियनशिपमा सहभागी हुने खेलाडीको विदाई ,बुढानिलकण्ठका ८ खेलाडी

विश्व युवा स्क्राबल च्याम्पियनशिपमा सहभागी हुने खेलाडीको विदाई ,बुढानिलकण्ठका ८ खेलाडी

कपन अनलाइन

काठमाडौं , भाद्र ११।

२० औं विश्व युवा स्क्राबल च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडीहरुको विदाई गरिएको छ।

मलेसियामा आगामी ३० अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने यस प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाबाट सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त प्रतियोगितामा सहभागी बन्ने खेलाडीहरुलाई सफलताको शुभकामना दिदै विदाई गरेका छन।

सो प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका वडा  १० का दुइ जना , वडा नं ११ का १ जना र वडा नं १३ का ५ जना खेलाडी सहभागी रहेका छन।

सो प्रतियोगितामा पिक पोइन्ट एकेडेमीका ३ जना, ब्रेनल्याण्ड एकेडेमीका २ जना र पिक पोइन्ट पब्लिक स्कुलका ३ जना खेलाडीहरु सहभागी भएका छन।

को को छन सहभागी खेलाडी ? 

तपाइँको प्रतिक्रिया ।