मूल्य : सुरेशकुमार पाण्डे (लघुकथा)
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
“रामप्रसाद बाजार जान थलेका छौ ?” रविले सोध्यो ।
“हजुर दाइ ! अनि हजुरको साइत कता नी ?” रामप्रसादले पनि रविलाई प्रतिप्रश्न ग¥यो ।
“म पनि उतै बाजार तिर हिँडोको ।” –रविले भने ।
“ए ए साँझ फर्किनु हुन्छ की उतै बस्नुहुन्छ ?” रविले सोध्यो । “कहाँ बस्नु बाजारबाट त छिट्टै फर्किन छ मलाई त ।” रामप्रसादले बताए ।
“म पनि छिट्टै फर्किन्छु सँग भयौँ ।” रविले भन्यो । उसले खुशी प्रकट गरेको थियो । उनीहरू गफ गर्दै हिँडेका थिए ।
“अरूले बाजारबाट समान ल्याउँछन् तर तिमीले कचुप्पै सामान लिएर बाजार जान थाल्यौ। रविले ठटौले पारामा सोध्यो ।
“तीज आएको छ सङ्घारमा परपाहुना आउछन् । सबै चाहिन्छ । रामप्रसादले भन्यो । “अनि के छ यो झोलामा? यतिका समान ।” रविले सोध्यो ।
“के हुन नी केही साग साब्जी बाजारमा मितज्यु बस्नु हुन्छ उहाँलाई लग्दिएको हो । एक धार्नी घ्यू छ त्यत्तीजती बेच्नलाई टिमुर पनि छ ।
बाजारमा यि सबै विक्रि भयो भने थोरै सामानपनि लिएर जानु छ बाजारबाट। “रामप्रसादले आफ्नो समस्या बतायो ।
ए ए घ्यू कसरी बेचेका छौ ? “रविले भन्यो ।
“हामीले का मूल्य निर्धारित गरी बेच्छौँ, बरू आफ्नै मूल्यमा उनैले किन्छन् ।” रामप्रसादले मलिन अनुहार गराउँदै भने ।
“के भन्न खोजेको तिमीले बुझिन मैले त ? रविले भने ।
“चिज पनि उनैले जाँचेका हुन्छन् मूल्य पनि उनैले तोक्छन् ।” रामप्रसादले प्रष्ट प्रार्दै भने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
