गन्तब्य पाँचपोखरी सम्मको : शम्भु चालिसे (कुमार)
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
घुम्न डुल्न कस्लाई पो मन नलाग्ला र ? हो मलाई पनि यात्रा गर्न निकै रमाईलो लाग्छ । यात्रा बिभिन्न तरिकाले गरिन्छ ।कोही साथीहरूसंग यात्रागर्छन त कोही एक्लै । तर मचाहि प्राय आफ्नै परिवारसंग मात्र यात्रा गर्थे । पहिलो पल्ट मैले ठूलो समुहमा यात्रा गर्ने मौका महेन्द्र चालिसेको यात्रा पुस्तक लेकबेँसीको सुगन्धको लोकार्पण कार्यक्रममा महेन्द्रदाइ कै निमन्त्रणामा काभ्रे स्थित माझीगाऊं इन्द्रावती नदी किनारमा गरें जस्को बारेमा मैले अबिरल बग्दछ ईन्द्रावती टेलि सिरियल हेरेर थाहापाएको थिएं र सो पुस्तक लोकार्पणका अवसरमा प्रत्यक्ष त्यो ठाऊं घुम्न पाएं। त्यसपछि समुहमा यात्रा गर्न त रमाईलो हुदोरह्छ भन्ने पनि अनुभुति गरें।
त्यसैगरी मैले दोस्रो समुहगत यात्राको अनुभव बुढानिलकण्ठ नगरपालिका द्वारा आयोजना गरेको बुष्टिंग बुढानिलकण्ठमा महेन्द्रदाइकै सिफारिस र कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकको प्रकासक तथा संपादक निबन्ध आचार्यजीको निमन्त्रणामा डाँडा गाऊँको पदयात्रा गरें यसबाट परिवार संग गरिने यात्रा भन्दा झन समुहमा गर्ने यात्राले मन लोभ्यायो त्यस्को फलस्वरुप करिब महिना दिन अघि ८–९ जना साथीहरूसंग दामोदरकुण्ड पुगेर फर्किएं । केही समय देखि सिन्धुपाल्चोक स्थित पाँचपोखरी जाने इच्छा लागिरहेको थियो। तर अनुकुल मिलिरहेको थिएन । त्यस्कालागि अनुकुलको खोजीमा थिएं । हामीले केटाकेटी देखिनै सुनेको पाँचपोखरी सिन्धुपाल्चोक जिल्लामा रहेको छ। अचेल यो पाँचपोखरी अन्तरिक र बाह्य पर्यटकको लागि धेरै आर्कषक स्थान बन्दै आएको छ । यो पाँचपोखरीमा रहेको पाँचवटा पोखरी हिन्दु धर्मको महत्व बोकेको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा चिनिन्छ । यो पोखरी हिन्दु र बौद्ध धर्मलम्बीहरूको धार्मिक गन्तव्य बन्दै आएको छ । यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा रहेको छ भने यो पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा छ
यसो चिया पसलमा बसेर चिया गफ गदै बद्रीजी महेन्द्र चालिसे पुरूषोतम चालिसे लगायत म सहित ४ जना २०८२ साउन ६ गते पाँच पोखरी जाने कुरा तय भयो । सिन्धुपाल्चोकको भोतांगसम्म मात्र बस जाने भएकोले यसपटक हामी मोटरसाईकलमा जाने योजना बनायौ किनकि मोटरसाईकलबाट भोतांगभन्दा अलि माथि ध्यौरालीसम्म जान सकिन्छ तर मोटरसाईकल चाहि स्पोट्र्स खालको एक्सएल नै चाहिन्छ ।
त्यसैअनुसार मेरो एउटा मोटरसाईकलमा म र बद्री अनि पुरुले एउटा त्यस्तै मोटरसाईकल ब्यबस्था गर्ने र त्यस्मा महेन्द्रदाइ र पुरु जाने गरि कार्यक्रम तय गरियो । तर कारणबस पुरुको जान मिलेन त्यसैले बसमा जानेकि भनेर महेन्द्रदाइलाई प्रस्ताब राखेको तर उहांले म बसमा जान सक्दिन तिमीहरू बाईकमै जाओ भन्नुभयो र निर्धारित समय र मिति मै म र बद्री जानेभयौं ।
तर साऊन ६ बिहानीपखदेखि नै दर्के पानी परेको कारण हाम्रो बिहान ५ बजे तय भएको यात्रा ७ बजेर ४० मिनेटबाट शुरु भयो ।
आरूवारीबाट जोरपाटी, थली, साँखु, जर्सिंगपौवा हुदै बिहान ९ बजे मेलम्ची पुगियो । त्यहाँ खाना तयार गर्न लगाई बद्री पौडेल र म मेलम्ची र इन्द्रावतीको संगममा गइ मोटरसाइकल सफागरि एकछिन नदी किनारामा हात खुट्टा धोई फोटो खिची रमाईलो गरी खाना खायी हाम्रो यात्रा मेलम्चीबजार हुदै अगाडि बढ्यो । पारी पुलबाट मेलम्चीबजार छाडी इन्दाबतीको तिरैतिर पावर हाउस हुदै विभिन्न पहाडी गाऊ हेर्दै रैथाने पोखरी पुग्यांै ।
रैथाने पोखरी जहां बिशेष गरेर जनैपुर्णिमाको दिन मेला लाग्ने रहेछ ऊक्त रैथाने पोखरीको पश्चीमपट्टी सती प्रथाको बारेमा जानकारी दिने गरी चितामा सुताएको मुर्ती र शीलालेख पनि रहेछ । त्यहाँ केहीबेर फोटो खिची आराम ग¥यौं र त्यसपछि माने भन्झ्यांग भोतांग बस स्टप हुदै दिनको सवा एकबजे देऊराली पुग्यौं ।
त्यहाँ देऊरालीको लजमा मोटरसाइकल राखी चिया खाई त्यहाबाट सोहि दिन दिनको २ बजे हिडेर लाडंटाडं राष्ट्रिय निकुज, टुप्पी डाडा, रातो माटे, हुदै बेलुकी ८.१० मा नोसांगपाटी पुग्यौं । देऊरालिदेखि नै हामीसंग एकजना सहयात्री जोडिएका थिए उनी नोसांगपाटी स्थित एउटा होटलका मालिक रहेछन् जस्लेगर्दा हामीलाई होटल खोज्ने समस्या परेन र सजिलो भयो ।
मेलम्चीबाट जादा र चौताराबाट जताबाट जादा पनि यो नोसांगपाटी ठ्याक्कै जोडिने ठाऊमा पर्दो रहेछ । नोसांगपाटीबाट बिहान हामी ५बजेर ४० मिनेटमा लौरीबिनाको ऊकालो चढी बिहानको करिब ८ बजेर ४० मिनेटमा पाँचपोखरी पुग्यौ। हुनत मैले लौरीबिनाको उकालो भनेर गोसाईथान जादा चडेको थिएं तर त्यहा पनि लौरीबिनाको उकालो भन्दा केहीबेर त अलमलिएँ तर त्यहाको त्यो उकालोलाई पनि लौरीबिनाको उकालो नै भनिदो रहेछ तर गोसाईथान जादाको जस्तो लामो चाहि रहेनछ । भैरव कुण्ड, सरस्वती कुण्ड लगायत अरू बिभिन्न कुण्डहरू को अवलोकन गर्दै त्यहाँ रहेका महादेवको मन्दीर अगाडि नुहाऊने कुण्ड रहेछ त्यहाँ नुहाई धुवाई गरी पाँच पोखरीको दृष्यावलोकन गरी त्यहाबाट फर्केर फेरि नासांगपाटीआयौं । त्यहाँ आइपुग्दा करिब ११ बजी सकेको थियो र त्यहाँ खाना खायौं र त्यहाबाट हामी देऊराली तिर लाग्यौं । करिब दिनको साढे ४ तिर देऊराली आई आफ्नो सवारीसाधन लिएर फेरी काठमाडौं तिर फर्किएर आफ्नो पाँचपोखरी यात्रा सम्पन ग¥यौं ।
