पाँच मुक्तक : प्रमोद नेपाल

पाँच मुक्तक : प्रमोद नेपाल

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

तिमी महान ठान्छौ ठान साथी
म होइन तिमीजस्तो महान साथी
तिमी सुनको थालमा गर ज्युनार
खुशी छुँ केराको पातमा जान साथी ।

के के न गरुँला भनी बस्छौं मृत्युु कुरेर
गुढ कुरो नबुझी आपसमा लड्छौँ सुरेर
अमूल्य जीवन पाएर मति हुदैन बिगार्न
मनुष्य चोला मिल्छ बल्ल साइत जुरेर ।

म कुर्सीमा बसिरहन्छुँ हो मसँग भिजन छैन
तिमीले भन्या जस्तै हो बसिरहने रिजन छैन
कसको दम छ र कुर्सीबाट हटाउनसक्ने मलाई
मैले आनन्द सागरमा डुब्न नपाउने सिजन छैन ।

म कसैले खुसाउन भनी कदापि हैन आएको
कसैको मन दुखाउन भनी पनि हैन आएको
आफ्नो भागको कर्म राम्ररी गर्नुछ बाँचुन्जेल
अरूलाई खुत्ल्याउन भनी कदापि हैन आएको ।

सफलता हात पार्नुछ भने ताकेर हिड्नु पुग्न लक्षमा
बाटो जतिसुकै कठिन किन नहोस् बढ्नु पुग्न लक्षमा
पथमा भेटिएलान् थुप्रै हतोत्साहित गर्ने मनुवाहरू
वास्ता नगरी तिनको उकालो भएनि चढ्नु पुग्न लक्षमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।