मध्ये रातको शहर : राम आचार्य पुष्पप्रेमी (कविता )

मध्ये रातको शहर : राम आचार्य पुष्पप्रेमी (कविता )

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

सुनसान रातको शहरमा
कोशौं टाढाबाट
जूनराताले च्याई रहन्छन,
सन्नाटा पाखिएको छ
मूल सडकहरूमा,
साँघुरा भित्री गल्लीहरूमा
न्यून भोल्टेजका सडक बत्तिहरूले
निन्दा डाक्न सक्दैन,
मधुरो प्रकाशमा
अझै शहर निदाएको छैन् ।

कान्छी चोकका
झुप्रा पसलहरू
दिनको भन्दा रातको अन्धाकारमा
रमाइरहेका देखिन्छन्,
बेचिरहेका छन्
सेकुवा,छोइला र रम।
कमिसन र तस्करी धन्दामा लिप्त
अपरिचित अल्लेरेहरूको चहलपहलमा
कान्छी चोक मुस्कुराउँछ,
फरक ढाँचाको ब्यपार र ब्यबसाय
मौलाउने गर्छ,
चरेस, हिरोइन र कोकिनको
बिनिमय मात्र चल्दैन
कुमारीहरूको रजस्वलाको
रगतको मोलमोलाई हुन्छ,
रहरले हो या महत्वकाँक्षाले
बिचरा बाटुलीहरू
खरिद बिक्रीको बस्तु बन्छन्
दर, रेटको ढाँचा तोक्छन्
बिवश गहको आश्रुमिश्रित
वेदनाहरू
क्रुरताको नोटमा पोक्याइन्छ ।
मदहोसमा पापको बजार भित्र
ईज्जतको ब्यापर चल्छ,
पाप र पश्यतापको झरीमा रुझेर
सडक किनारमा दिन भरी रोइरहन्छ
नारी सावित्रीहरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।