शिव प्रार्थना ! (शंकर काफ्ले)

शिव प्रार्थना ! (शंकर काफ्ले)

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

विशुद्ध ज्ञान,
जस्को रुप अमुर्त,
हे महेश्वर ।।१।।

चन्द्रशेखर,
त्रिनेत्रधारी मुण्ड,
मुुाली शंकर ।।२।।

प्रेय, श्रेय र
दाता, भर्ता सबैका
हे दिगम्वर ।।३।।

गर्छु वन्दना,
दुई हात जोडेर,
सदा शिवमा ।।४।।

श्रद्धा विश्वास,
गौरी रुद्र रुप हुन्,
नमस्कार छ ।।५।।

आफू छन् नाङ्गा,
पत्नी लुगा गहना,
र श्रृङ्गारमा ।।६।।

छ मुखे छोरा,
छन् हात्ती मुखे भुँडे,
मा अन्नपूर्णा ।।७।।

यान वाहन,
हेर्दा उस्तै अमिल्दा,
गौरीको सिंह ।।८।।

गोरु शिवको ,
सर्प र गणेशको
वाहन मुसो ।।९।।

कुमार यान,
सर्प खान्छ मुजुर
यस्ता जहान ।।१०।।

मिलाउने हुन्,
पशुपति नाथ र,
शंकर महान ।।११।।

यस्तै नै हामी,
नेपाली जातजाति,
राख मिलाई ।।१२।।

समन्वय र,
सहिष्णुता सबमा,
राख कायम ।।१३।।

विन्ति छ हामी,
सबैको उद्धार होस्,
हे पशुपति ।।१४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।