तीज गीत : रुबि सत्याल

तीज गीत : रुबि सत्याल

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

संस्कृति हाम्रो तीजको राम्रो
छमछमी आज नाच्छु बरीलाई ।।

माइति देश नौ डाँडा पारी
लगाई हेर्छु फुलबुट्टे सारि
तीजको दर माईतीको घर
झल्झली आँखामा आयो बारिलई ।।

नाता र गोता माईतीको थर
छोड्नु नै पर्ने बा आमाको भर
न यता माया न उता छाया
चेलीको जिन्दगि कस्तो बरीलई ।।

उता छोरीले टेके चद्रमा भन्छन्
यता छोरीले बोले मुखाले भन्छन्
किन हतकडी लगाई सुनका दाना
रोएर हुन्न हासेरै अघि,बढ्छु बरिलई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

 

तपाइँको प्रतिक्रिया ।