गजल : विजया बस्नेत
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
भुलेँ बीच बाटो इसारा छ काफी
हुँदा साथ आमा सहारा छ काफी ।
बग्यो नित्य कोसी किनारा छुटाई
सहारा मलाई किनारा छ काफी ।
अध्यारो सफरमा बनेनौ उज्यालो
मलाई उज्यालो सितारा छ काफी ।
मेरो भाग्य लेख्ने त्यो विधाता भन्दा
मलाई बुबाको पुकारा छ काफी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
