मुक्तक : गंगा लिगल

मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

पूर्व दिशाको झझलाकार सुर्य सँगै
मितेरी लगाऔँ उषाको माधुर्य सँगै
चौयर्फ हराभरा सुन्दरताको प्रतीक्षामा
आशा राखौं हामी गुलाफको सौन्र्दसँगै

लहलहाउदो पल्ल्वित लहरा सँगै
दाजौ जीवनलाई उन्नतिको पहरासँगै
अमर कृतिको महान आकांक्षामा
प्रभावित भै रहु सुन्दर छहरा सँगै ।

बुद्धले बिश्व मै शान्ति प्रदान गरे
जन जन सबैमा आनन्द प्रदान गरे
बनाई छोडे सुकिलो सिद्धान्त
विश्व भरि नै सानन्द प्रदान गरे ।

जीवनमा खोज्नु पर्छ सुनौलो बिहानी
उन्नति पथमा हिडन रोज्नुपर्छ उत्तम कहानी
बिराउन हुन्न कहिले उन्नत मार्ग
अनि बन्न सक्छ जीवन सुहानी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।