सुसेली : सुरेशचन्द्र घिमिरे

सुसेली : सुरेशचन्द्र घिमिरे

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

१) सबैको भर
सञ्चालक सबैमा
गरेँ आदर
२) पहिलो टेको
सुसेलीको वाचन
शुरु गरेको
३) भएछु धन्य
लेख्दै गएँ बिस्तारै
प्रविधा अन्य
४) शब्द समेली
पत्रिकामा पठाएँ
मेरा सुसेली
५) भएछ सान
हृदयज देखिको
पाएँ सम्मान
६) यो शिर झारी
कपन वानेश्वर
भएँ आभारी
७) खुसी छु जब
थपिएर दायित्व
भयो गौरव
८) लेख्छु धमेली
उन्नयन गर्नेछु
विधा सुसेली
९) माया छ र त
लेख्छु मैले सुसेली
अनवरत
१०) रम्य हुनेछ
प्रगतिले पत्रिका
नभ छुनेछ
११) नित्य साधना
सत्यतथ्य लेखेर
गरोस् सामना
१२) हाम्रो चाहना
तेह्रौँ वार्षिकोत्सव
शुभकामना

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।