ब्रह्मलुट : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

ब्रह्मलुट : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

“मन्त्रीज्यू जानुभएछ नि !”
बिचरा खाउँखाउँ लाउँलाउँको वेलामा कसरी जानु भो त ! कति पापड बेलेर बल्ल बल्ल मन्त्री बन्नु भएको थियो ।”
विनोदको कुरा भुईँमा खस्न नपाउँदै महेशले यतिकुरा ओकली हाल्यो । विनोदले महेशलाई शीतल पा¥यो, त्यस्तो भनेको होइन नि मित्र, उहाँ विदेश भ्रमणमा पो जानुभयो भनेको त !”
“अनि के नौलो भयो त ! सबै गएका छन् वहाँ पनि जानुभयो ! विदेशवाट कार्यक्रमको निमन्त्रणा आयो होला जानुभयो ! त्यहाँको विकास र प्रविधि यहाँ पनि अवलम्बन गर्लान नि त मित्र !” महेश बोल्यो ।
विनोदले महेशलाई लोप्पा खुवायो, “इस्स् गर्छन् !”
महेश रिस्सीयो, “होइन किन लोपारिस् ए विनोद मलाई ?”
विनोद रन्कियो, “डाक न बोलाउ कालो कुकुरले पुच्छर डोलाउ ! हुदै नभएको कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गराएर पत्नी र स्वकीयसचिव सहित नर्वे गएछन्, लाजको पसारो !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।