चौतर्फी विरोधपछि पछि हट्यो भारत, नाकाबन्दी खोल्न निर्देशन

काठमाडौं : संविधानसभाले लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारि गरे लगत्तै असन्तुुष्ट भएर भारतले गरेको अघोषित ‘नाकाबन्दी’ शनिबारदेखि खोल्न भारतीय विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिएको छ । अन्तराष्ट्रिय कानुन विपरित भारतले नाकाबन्दी गरेको भन्दै चौतर्फी विरोधपछि भारत केही पछि हटेको हो ।

1443618829024_BM-Parsa-banda ko marm

भारतीय पक्षले अनुगमन गरेर शनिबार साँझबाट नै नाका सूचारु गर्ने बताएको छ ।  नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका ६ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिबार निर्देश गरिएको हो । नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संसोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताले वार्ताबाट निष्कर्ष निकाल्ने विश्वास गर्दै नाका खोल्ने बताएको छ । नेपाल र भारतबीच रहँदै आएको कन्फ्यूजन हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई बार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताएको छ ।

भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले शुक्रबार नयाँ दिल्ली पुग्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए ।  भेटमा नेपालका जनताले दुख पाउनु हुँदैन भन्नेमा आफूहरु सचेत रहेको भन्दै गत्यारोध हट्ने विश्वास ब्यक्त गरेका थिए ।उपाध्यायले आज भोलीमै बीरगञ्ज बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्ने गरी अनुगमन भइरहेको बताए ।

संवादका लागि उद्यमी विनोद चौधरी, प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ‘सहजकर्ता’ बनेर शुक्रबार दिल्ली पुगेका थिए । चौधरीले शुक्रबार र शनिबार प्रधानमन्त्री कार्यालयका बरिष्ठ पदाधिकारी, विदेश मन्त्रायका अधिकारीसहितसँग नेपाल स्थितिबारे परामर्श गरे ।

 

तपाइँको प्रतिक्रिया ।