गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
कपन अनलाइन
काठमाडौं,साउन ८।
गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिव ३.४५ बजे गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल कोलमती मार्गको भित्री सडकमा दुर्घटना भएको हो।
सडकतर्फ ब्याक गर्ने क्रममा बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको थियो।
गोकर्णेश्वर-२ बस्ने २३ वर्षीया फुर्बु लामा शेर्पा घर अगाडि खेलिरहेको अवस्थामा ट्रकले किचेको हो।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेमा भक्तपुर कमलविनायक बस्ने ३६ वर्षीय हरिबहादुर श्रेष्ठ छन्।
तपाइँको प्रतिक्रिया ।
