पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुढानिलकण्ठ-१२ मा वृक्षारोपण

पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुढानिलकण्ठ-१२ मा वृक्षारोपण

कपन अनलाइन
काठमाडौँ, साउन ८।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको आयोजनामा वृक्षारोपण गरिएको छ।

पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुढानिलकण्ठ -१२ को आनिगुम्बा देखि कपन चौकी सम्म सडक किनारमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको वडा कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईले जानकारी दिएका छन।

सो अवसरमा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दव प्रसाद खरेल, जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सदस्य धुर्वराज न्यौपाने ,रामशरण सापकोटा,विश्वनाथ योन्जन , नगर कमिटी अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु प्रसाद भट्टराई ,सचिव श्रीकृष्ण श्रेष्ठ सहित नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।