अफ्ताब अलामले अदालतबाट सफाइ पाए, बम लागेका गौ रीशंकर पीडा सुनाउन काठमाडौं आए
कपन अनलाइन
काठमाडौं,असार २२।
गत २०६४ चैत २७गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर रामचमार । नेपालीकांग्रेसका नेतामोहम्मदअफ्ताबआलमको उक्त इटाभट्टामा कामगर्ने उनीत्यो दिन पैसा लिनआलमको घरमाभएकाथिए । उनले बताएअनुसार त्यहाँबमबनाउने कामभइरहेको थियो । त्यो क्रममाबम पड्किएपछि उनी घाइते भए ।बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोटलाग्यो ।
उक्तइँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपआलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्चअदालतवीरगन्जइजलासले जब सफाइदिएको छ । उच्चअदालतको फैसलामा बम पड्किएकै पुष्टि हुननसकेकाउल्लेख छ । तर, सो घटनामा परी बालबालबाँचेकागौरीशंकर भने बम पड्किएको बताउँछन् । प्रस्तुत छ उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको सम्पादितअंशः
म रौतहटको राजा ईटाभट्टामा कामगर्दैथिए । हप्ताको दिनथियो । पैसा लिनमलाई बोलाएर लिएर गयो । हामीतीनजनाथियौं । मलाईभन्यो– भाइयताआएर तिमीआफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानीथियो, त्यहाँपानीहालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहाभएनकि म कहाँहो ? एकैचोटी मेरो आँखाखुल्यो सीतामढीमा । आँखाखुलेपछि मैले आमालाई सोधे– कहाँहो यो ?आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केहीचिन्तानगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्दभयो । मेरो इलाज (उपचार) तीनमहिनाजतिभयो ।मलाई साढे ३ लाखआईसी .(भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनिदिएन । सोधेको पनि छैन ।आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजायदिनुपर्यो ।
निर्वाचनको एक दिनपहिला बेलुकातिर बम विस्पोट भएको थियो । अफताबआलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्मपुर्याए मलाई थाहाभएन । दुई जना मेरो गाउँको मान्छे पनिजलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाईथाहाभएन । होस् भएपनिथाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
त्यहाँबमविष्पोटभएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्यायभएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँकतिमर्योमलाई थाहाभएन । इलेक्सनको एक दिनपहिलाभएको छ, अफ्ताबआलमले नै बम विष्पोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमाभएको छ ।
सुरुसुरुमाएसपीकार्यालय (प्रहरी चौकी) मा मैले बयानदिँदा मेरो घरमागएको थियो । म घरमानहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई÷चार सालवितेपछि बाँच्दैन । अफ्ताबआलमको मान्छे गएर भनेको छ । मलाइधम्कीदिएको छ ।
अफ्ताबआलामआलम छुटेकोमामलाई दुःखलाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्कीपनिदिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अबमलाई डर भयो । मेरो शारीरिक अवस्थानाजुक छ । कामपनि भेटिदैन, कामगर्न पनि सक्दिनँ । म मर्ने किबाच्ने, मैले केहीपनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।
