अफ्ताब अलामले अदालतबाट सफाइ पाए, बम लागेका गौ रीशंकर पीडा सुनाउन काठमाडौं आए

अफ्ताब अलामले अदालतबाट सफाइ पाए, बम लागेका गौ रीशंकर पीडा सुनाउन काठमाडौं आए

कपन अनलाइन

काठमाडौं,असार २२।

गत २०६४ चैत २७गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर रामचमार । नेपालीकांग्रेसका नेतामोहम्मदअफ्ताबआलमको उक्त इटाभट्टामा कामगर्ने उनीत्यो दिन पैसा लिनआलमको घरमाभएकाथिए । उनले बताएअनुसार त्यहाँबमबनाउने कामभइरहेको थियो । त्यो क्रममाबम पड्किएपछि उनी घाइते भए ।बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोटलाग्यो ।
उक्तइँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपआलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्चअदालतवीरगन्जइजलासले जब सफाइदिएको छ । उच्चअदालतको फैसलामा बम पड्किएकै पुष्टि हुननसकेकाउल्लेख छ । तर, सो घटनामा परी बालबालबाँचेकागौरीशंकर भने बम पड्किएको बताउँछन् । प्रस्तुत छ उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको सम्पादितअंशः
म रौतहटको राजा ईटाभट्टामा कामगर्दैथिए । हप्ताको दिनथियो । पैसा लिनमलाई बोलाएर लिएर गयो । हामीतीनजनाथियौं । मलाईभन्यो– भाइयताआएर तिमीआफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानीथियो, त्यहाँपानीहालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहाभएनकि म कहाँहो ? एकैचोटी मेरो आँखाखुल्यो सीतामढीमा । आँखाखुलेपछि मैले आमालाई सोधे– कहाँहो यो ?आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केहीचिन्तानगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्दभयो । मेरो इलाज (उपचार) तीनमहिनाजतिभयो ।मलाई साढे ३ लाखआईसी .(भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनिदिएन । सोधेको पनि छैन ।आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजायदिनुपर्यो ।

निर्वाचनको एक दिनपहिला बेलुकातिर बम विस्पोट भएको थियो । अफताबआलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्मपुर्याए मलाई थाहाभएन । दुई जना मेरो गाउँको मान्छे पनिजलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाईथाहाभएन । होस् भएपनिथाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
त्यहाँबमविष्पोटभएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्यायभएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँकतिमर्योमलाई थाहाभएन । इलेक्सनको एक दिनपहिलाभएको छ, अफ्ताबआलमले नै बम विष्पोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमाभएको छ ।
सुरुसुरुमाएसपीकार्यालय (प्रहरी चौकी) मा मैले बयानदिँदा मेरो घरमागएको थियो । म घरमानहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई÷चार सालवितेपछि बाँच्दैन । अफ्ताबआलमको मान्छे गएर भनेको छ । मलाइधम्कीदिएको छ ।
अफ्ताबआलामआलम छुटेकोमामलाई दुःखलाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्कीपनिदिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अबमलाई डर भयो । मेरो शारीरिक अवस्थानाजुक छ । कामपनि भेटिदैन, कामगर्न पनि सक्दिनँ । म मर्ने किबाच्ने, मैले केहीपनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।

तपाइँको प्रतिक्रिया ।