वातावरण र मन : लक्ष्मी स्मृति (कविता )

वातावरण र मन : लक्ष्मी स्मृति (कविता )

कपन अनलाइन

काठमाडौं,असार २१ ।

जीवन दिएको छ
खुशी दिएको छ
अन्न दिएको छ
पानी दिएको छ
सुन्दरता,
हरियाली,
वासस्थान,
स्फुर्ति
सबै सबै
एकहोरो दिएको छ मात्र

नदी,
सागर,
त्लाउ,
पशु,
पन्छी,
यावत गरा
डाँडापाखा,
हिमाल,
पहाड,
कन्दरा,
तराई,
समतल फाँट
सबै सबै दिएको छ
वातावरण
बदलामा केही
मागेको छैन

तर मन
सबै सबै माग्छ
हरियाली उजाड् छ
जीवजन्तु
सखाप पार्छ
डाँडा भत्काउँछ
पहाड लडाउँछ
हिउँ सुकाउँछ
नदी,
सागर,
तलाउ,
वनजङ्गल,
सबै सबै रित्याउँछ
र गजक्क पर्छ
म
म महान भनेर

वातावरण दिएर पनि चुपचाप बस्छ मन
लिएर पनि कोलाहल मच्चाउँछ मन
कहिल्यै वातावरण बन्न सकेन ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।