चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाडौं,असार २१ ।
देशको मुली आत्तिएर कड्किएको देख्छु
विवेक चेतना नै अचेल खड्किएको देख्छु
अभिभावक हुनुपर्ने देशको प्रधानमन्त्री,
बरबराउँदै हिजोआज पड्किएको देख्छु ।
१.
शक्ति देखाई मै हुँ भन्ने खराब बानी उनको
बोक्सी अनि धामी बन्ने खराब बानी उनको
आफ्नै चम्चे काँटाहरूकै गुणगान गाउँदै,
विपक्षीको खेदो खन्ने खराब बानी उनको ।
२.
थाहा छैन यही पाराले के हुन्छ खै भोलि
दम्भ उखान टुक्का बाहेक छैन अर्को बोली
अरिङ्गाललाई उचालेर भिड्नुपर्छ भन्छन्,
खाएछन् हौ नेताज्यूले बुद्धि बिवेक पोली ।
३.
भ्रष्ट दलाल तस्करहरूको तालमेल चल्दैछ
लुटेरा र बेइमानहरूको जालझेल चल्दैछ
निर्धो जनता रुवाई देशको एघारौं खानलाई,
रातो घरमा अचेल ठूलो चलखेल चल्दैछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
