मेरा आदर्श गुरु : सुदर्शन रोका क्षेत्री (कविता)

मेरा आदर्श गुरु : सुदर्शन रोका क्षेत्री (कविता)

कपन अनलाइन

काठमाडौं,असार २१ ।

गुरु तिमी नै मेरो अभिप्रेरणा
गुरु तिमी नै मेरो दोस्रो मातापिता
गुरु तिमी नै हौ मेरो भगवान्
गुरु तिमी नै हौ ज्ञानको वरदाता ।

गुरु तिमीमा विवेक, विश्वास र मित्रता छ
गुरु तिमीसँग नै पूर्ण पवित्रता छ
गुरु तिमीमा संसार बनाउने खुबी छ
गुरु तिमीसँग अनेकौँ ज्ञानको भण्डार छ ।

गुरु तिमीले चट्टान फोरी पर्वत चढ्न सिकायौ
गुरु तिमीले नै जिन्दगीको पठनबोध गर्न लगायौ
गुरु तिमीले सधैँ जित्ने बानी लगायौ
गुरु तिमीले नै शिर ठाडो पारेर हिँड्न दृढ बनायौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।