गुरू : सावित्री कटुवाल (कविता)
कपन अनलाइन
काठमाडौं,असार २१ ।
गुरु तिम्रो ऋण तिर्न सकूँ कसरी ?
उज्यालो ज्योति छर्नेलाई विर्सूं म कसरी ?
शब्दका सागर ज्ञानका दीप छौ तिमी महान
जीवन गति बुझाउन सक्ने हौ तिमी महान
व्रह्मा,विष्णु, महेश्वर तिमी सरस्वतीका मुहान
दुःख, पीड़ा भुलेर दिने शिक्षाको वरदान
मिटाई आफू हॉसेर जिउने प्रेरणा स्रोत छौ
विर्साई पिडा दुःखमा साथ दिने नै तिमी हौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
