वातावरण संरक्षण : सम्पदा काफ्ले (कविता )

वातावरण संरक्षण : सम्पदा काफ्ले (कविता )

कपन अनलाइन

काठमाडौं,असार २१ ।

प्रकृति हाम्रो धरती आमा सुन्दर संसार
हिमाल राम्रो पहाड् तराई उर्वरा अपार ।
दुःखको रात चन्द्रमा छेक्यो मानवी कारणले
धुँवा र धुलो प्रदूषण बढ्यो भन्दछ वनले ।।

नाचने झरना रुन पो थाल्यो फोहोरका डंगुरले
गगन धुम्म रिसले सारा बगायो ब्रम्हाण्ड ।
प्लाष्टिक सत्रु हमालावादी ठान्दछिन धरती
शरणमा पर्ने समय आयो सम्पूर्ण जातजाती ।।

बुद्ध हौ तिमी गाडी र एसी नखोज सहज
ग्लोबल वार्मिङ टठिलो गर्मी सहन असहज ।
वृक्ष रोपण प्रोत्साहन गरौँ सबै जन मिलेर
विरुवा बोट हाँस्लान् है पुरै सौन्दर्य छरेर ।।

फोहोर टुंग्यो उत्पादन वृद्धि धरती खोज्दछिन्
खेती र पाती सर सफाई जमिन माग्दछिन् ।
आऊ है साथी बनाऊँ बन मिलेर जोगाऊँ
संरक्षण गरौँ वातावरण पृथ्वी बचाऔँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।