नगर गौरवको आयोजना बुढानिलकण्ठ (धनेश्वर) फुटबल मैदान निर्माणको गाठो फुक्यो,मुआब्जा वितरण कार्य शुरु

नगर गौरवको आयोजना बुढानिलकण्ठ (धनेश्वर) फुटबल मैदान निर्माणको गाठो फुक्यो,मुआब्जा वितरण कार्य शुरु

कपन अनलाइन

काठमाण्डौ,असार १६।

बुढानिलकण्ठ नगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको बुढानिलकण्ठ खेल मैदान (धनेश्वर) अब सम्पन्न हुने चरणमा पुगेको छ।

नगरपालिकाको मुख्य खेलकुद पूर्वाधारका रुपमा विकास गर्न लागिएको उक्त मैदानमा देखिएको जग्गा मिलानको समस्या समाधानको अन्तिम चरणमा पुगेको छ। फुटबल मैदानको स्वरूप र मापदण्ड पुरा गरेर निर्माण गर्नका लागि विगत ११ वर्ष देखि भएको पहल सफल हुने चरणमा पुगेको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले जानकारी दिएका छन।

वडा नं ४ को सदस्य रहेको अवस्था देखि नै उक्त मैदान निर्माणका लागि सक्रिय रहेका हाल वडा अध्यक्ष केसीले आज नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला , प्रसासन शाखा प्रमुख महेश पाठक र सो जग्गा मिलानका क्रममा जग्गा पर्ने जग्गा धनिहरु विच अन्तिम सम्झौता भएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकामा एउटा फुटबल मैदानको आवस्यकता रहेको अवस्थामा नगर कार्यपालिका र नगर सभाको अनुमोदन पश्चात नगर प्रमुख सहित स्थलगत अध्ययनमा पुगेको टोलीले सो स्थानको जग्गा खरिद गरेर भएपनि अन्तरास्ट्रिय स्तरको पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो।

सो कार्यका लागि प्रारम्भिक अध्ययन गरेर पूर्वाधार विकास र जग्गा अधिग्रहणका लागि नगरपालिकाको पूर्वाधार विकास समितीका संयोजक सुरेन्द्र लामाको नेतृत्वमा वडा अध्यक्ष केसी र प्राविधिक सदस्य रहेको अध्ययन समिती गठन गरेको नगरपालिकाले सो स्थानमा जग्गा मिलानका लागि आर्थिक वर्ष २०८१/८२ मा ५ करोड बजेट विनियोजन गरेको थियो।

सो प्रतिवेदनमा फुटबल मैदान निर्माणको प्रचुर सम्भावना रहेको निस्कर्ष आए संगै प्रसासन शाखा प्रमुख महेश प्रसाद पाठकलाई सहजीकरणका लागि प्रारम्भिक अधिकारी तोकेर जग्गा मिलान र मुआब्जा वितरणका लागि संघीय सरकारलाई आग्रह गरेको बुढानिलकण्ठ नगरपालिकाले सो कार्यका लागि आव २०८२/३  मा ५ करोड बजेट विनियोजन समेत गरेको छ।

९ जना स्थानीयहरुको ३ रोपनी १४ आना जग्गा मिलानका लागि नेपाल सरकारको मन्त्रि परिषदबाट अनुमति आवस्यक रहेकोमा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य तथा स्वास्थ्य मन्त्रि प्रदिप पौडेलको विशेष पहल र प्रधानमन्त्रीको सहयोगमा सो कार्य सम्पन्न भए पश्चात भोलि देखि नै मुआब्जा वितरणको काम शुरु गर्न लागिएको वडा अध्यक्ष केसीले जानकारी दिएका छन।

काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित जग्गाधनी सहित बसेको बैठकले मुआब्जा वितरणको मापदण्ड तयार गरेर काम अगाडी बढाए संगै नगरपालिकामा एउटा बलियो खेलकुद पूर्वाधारको बाटो खुलेको छ।

आज असार १६ गते नगर प्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्ष श्रीराम केसी, प्रारम्भिक अधिकारी महेश प्रसाद पाठक र ९  जग्गाधनी विचभएको छलफल पश्चात उनीहरुलाई धनीपुर्जा , तिरो तिरेको रसिद र नागरिकता सहित मुआब्जा दावी गर्न आग्रह गरिएको थियो। यसले सरकारी पूर्वाधार निर्माणको विषयमा तानिए पछि निकै तनावमा परेका जग्गाधनीहरुलाई पनि निकै राहत दिएको छ।

बुढानिलकण्ठ खेल मैदान (धनेश्वर) निर्माणका लागि जग्गा मिलानको काम शुरु भए संगै अब पूर्वाधार विकासको काम अगाडी बढ्ने बताउदै वडा नं ४ का अध्यक्ष केसीले प्याराफिट सहितको मैदानका लागि नेपाल सरकार खेलकुद मन्त्रालयबाट ३ करोड विनियोजन भएको जानकारी दिएका छन।

उक्त ९ जना जग्गा धनीहरुलाई असार १७ गते बाट  देखि कच्ची ४ मिटर सम्मको बाटोका लागि प्रतिआना १७ लाख ५५ हजार र बाटो नभएको सार्वजनिक जग्गा संग जोडिएको जग्गाका लागि प्रति आना १३ लाख २५ हजार का दरले मुआब्जा वितरण शुरु हुने जानकारी दिदै अध्यक्ष केसीले तत्काल नगरपालिकामा सम्पर्क गर्न आग्रह समेत गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।