ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट नतिजा : एसईई २०८१ मा ४ जिपिएसहित शतप्रतिशत नतिजा
कपन अनलाइन
काठमाडौं , असार १६ ।
बुढानिलकण्ठ -९ ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलकि गरिमा चौलागाईंले एसइइ प
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। एसइइको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४.०० जिपिएसहित उत्तीर्ण भएका छन्।
विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४.०० जिपिए ल्याएका छन्। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।”
विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम् शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्री र नवप्रवर्तनशील शिक्षण पद्धति भएको उल्लेख गर्दै भने, “शिक्षा केवल अंक प्राप्तिको माध्यम होइन, व्यक्तित्व विकासको आधार हो भन्ने विश्वासका साथ हामीले शिक्षण पद्धति विकास गरेका छौं। यस नतिजाले ब्रेनल्याण्ड एकेडेमीको गुणस्तरीय शिक्षा र प्रतिबद्धतालाई पुष्टि गरेको छ।”
