दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,असार १४।

बिहानी सूर्य उज्यालो शीत लिएर आउँछ
उज्वलतामा सबैलाई स्नान गराउछ
हेर्दै आनन्द लाग्दो निश्चल वातावरण
जनमानसमा स्वर्गीय आनन्द दिलाउछ ।

सुन्दरताको दोस्रो अनमोल नाम प्रकृति हो
यो मानवको आनन्द प्राप्तीको जागृति हो
यो सदा स्मरणीय रहन्छ मानव जीवनमा
यो जीवन लाई उच्च बनाउने प्रवृति हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।