रिलायन्स इन्टरनेसनल एकेडेमीका १९ जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं , असार १३।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा रिलायन्स इन्टरनेसनल एकेडेमीका १०२ जना परीक्षार्थी मध्ये १९ जना विद्यार्थीले ४.०० जिपिए ल्याएर इतिहास रच्न सफल भएका छन् ।
२०८१ सालको एसइइ परीक्षामा सहभागी १०२ जना विद्यार्थीमध्ये ३.६ देखि ४.०० जिपिए प्राप्त गर्ने ९७ जना छन् । यसैगरी, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ५ जना भएको कुरा विद्यालयका प्रिन्सिपल खेमलाल भुसालले जानकारी दिएका छन ।
शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी बु न पा १० , कपन काठमाडौँले वि.सं २०७० सालदेखि कायम गर्दै आएको राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिँदै २०७५ सालको एसइइ नतिजामा संस्थागत विद्यालयतर्फ राष्ट्रमै सर्वोत्कृष्ट नतिजा ल्याइ नेपाल सरकारबाट पुरस्कृत भएको विगतको गौरवमय इतिहासलाई निरन्तरता दिँदै यस वर्ष प्रकाशित एसइइ २०८१ को नतिजामा पनि राष्ट्रकै सर्वोत्कृष्ट बन्न सक्ने बलियो सम्भावना देखिएको छ ।
