विध्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरुका लागि नेसनल प्याब्सन बुढानिलकण्ठको क्षमता अभिवृद्धि तालीम
कपन अनलाइन
काठमाडौं,असार ७।
<span;>नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विध्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरुका लागि क्षेमता अभिवृद्धि तालीम सम्पन्न भएको छ।
नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो तालीममा प्रशिक्षक लक्ष्मी सुबेदीले पेशागत विकासका विभिन्न विषयहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

वडा-१० मा रहेको मिलन चोक पार्टी भेन्युमा भएको सो तालीममा नेसनल प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष पान्डव हमाल,केन्द्रीय सचिव तेन्जिङ भोटिया, केन्द्रीय सदस्य राजेश्वर तिवारी र बिनय श्रेष्ठ, बागमति प्रदेश सचिव सन्तु खड्का जिल्ला अध्यक्ष होम बहादुर अधिकारी (मनोज),उपाध्यक्ष लक्ष्मी गुरुङ, सह सचीव प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो।
नेसनल प्याब्सन बुढानिलकण्ठका सचिव गोविन्द बहादुर धामीले संचालन गरेको तालिम उद्घाटन समारोहमा उपाध्यक्ष सुस्मिता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन ।
