बुढानीलकण्ठमा ‘सफा खोला, हरित नगर’ अभियान सम्पन्न, धोबीखोला अब ‘Water Entertainment Hub’ बन्ने

बुढानीलकण्ठमा ‘सफा खोला, हरित नगर’ अभियान सम्पन्न, धोबीखोला अब  ‘Water Entertainment Hub’ बन्ने

कपन अनलाइन

काठमाडौं,असार ७ ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा २०८१ चैत १७ गतेदेखि सञ्चालन गरिएको रुद्रमति–धोबीखोला सरसफाई अभियान असार ४ गते सम्पन्न भएको छ।
उक्त अभियानमा नगरपालिकाको श्रम डेस्कमा सूचीकृत १५ जना सरसफाईकर्मी परिचालित गरिएका थिए। खोला भित्र र दायाँबायाँ रहेका फोहोर, झाडी, ढिस्का हटाउने कार्य, र फोहोर व्यवस्थापन गरियो।

कार्यक्रमको निगरानी वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक रामकुमार रोक्काले गर्नुभएको थियो भने समन्वयमा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, अन्य वडाध्यक्षहरू, इन्जिनियर मन्दिरा श्रेष्ठ, र वातावरण शाखा प्रमुख बिनोद पाठकको समेत सक्रिय भूमिका रहेको थियो।

यसअघि आर्थिक वर्ष २०७९/०८० मा सुरु गरिएको सरसफाई तथा हरियाली व्यवस्थापन कार्यक्रम डिभिजन वन कार्यालय हात्तीसार र रुद्रमति हरियाली सरसफाई उपभोक्ता समितिको सहकार्यमा सञ्चालन गरिएको थियो। नगर प्रमुख श्री मिठाराम अधिकारी नगरपालिकाले सरसफाई अभियानमा सक्रिय सहभागी कर्मचारी, स्वयंसेवक तथा संस्थाहरुलाई प्रशंसा पत्रसहित सम्मान प्रदान गरेका थिए ।

हरियाली प्रवर्द्धनको हिस्सास्वरूप धोबीखोला करिडोर क्षेत्रमा करिब ४३०० वटा गमलामा बिरुवा स्थापना , नम्बरिङ, मर्मत, अनुगमन कार्य निरन्तर भइरहेका छन्।

सरसफाईपछि आएको अविरल वर्षाका बाबजुद बाढीजन्य क्षति नदेखिनु अभियानको प्रभावकारीतासम्बन्धी प्रत्यक्ष प्रमाण हो।

अब नगरपालिकाले धोबीखोलालाई ‘Water Entertainment Hub’ का रूपमा रूपान्तरण गर्न चेक ड्याम, सेल्फीपूल, बालमैत्री संरचना, पदमार्ग विकास जस्ता योजनाहरू अघि सारेको छ ।

 

तपाइँको प्रतिक्रिया ।