किताबका कुरा : नन्दनी जैसवाल (कविता )

किताबका कुरा : नन्दनी जैसवाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

किताबका कुरा पढ्न सके जानेर
सफलताको सूत्र यिनैलाई मानेर
लाग्दैन कसैलाई कहीँकतै ठेस
झिँजो नमानी पढे हुन्छ सधैँ बेस ।

हेरिरहूँ लाग्ने हुन्छ आवरण
त्यसैभित्र लुकेका धेरै मर्म छन्
भित्र हुन्छन् अनेक पाठ विचित्र
ध्यान लगाएर पढे किताब नै मित्र ।

पढिरहूँ लाग्ने कथा कविता
निबन्ध , जीवनी अनि वक्तृता
नियात्राको पाठले दिन्छन् अझै मज्जा
चित्र छन् थरीथरी सुन्दर साजसज्जा

नमानौँ है कहिल्यै पढ्नलाई झर्को
किताबजस्तो हितकारी छैन केही अर्को
पानापाना पहिलाएर पढ्न बसौँ साथी
पढीगुनी सफल हुँदै चढ्नु छ माथि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।