विलीनता : सिजन श्रेष्ठ (कविता )

विलीनता :  सिजन श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ७ ।

एकातिरबाट–
एउटा चरो उड्दै उड्दै आयो
र बस्यो एक हाँगोमा
अर्कोतिरबाट–
एउटी चरी उड्दै उड्दै आई
र बसी त्यही हाँगोमा… ।

दुवै सँगसँगै रहँदाबस्दा
त्यही हाँगो बने–
ती चराहरू
र फेरि कहिल्यै उडेर गएनन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।