गजल : हेमा सुवेदी
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
अहंकारको पर्दाले उज्यालो छेकिँदो रहेछ,
नम्रताको ज्योतिमुनि जीवन सजिँदो रहेछ ।
म सधैँ ठूलो भन्थेँ, अरूलाई सानो ठानेँ,
तर अन्तर्मनभित्र भित्तो खसेको देखिँदो रहेछ ।
कति घमण्डले मुटु काँचै बनाउँछ भने
समयले त चोट दिएर पाठ दिँदो रहेछ ।
झुकेको वृक्ष देखेँ, फलले झुकेको थियो,
लाग्यो विनम्रताले उचाइ चुलिँदो रहेछ ।
जीवनमा जित्ने हो भने झुक्न सिक, हे मन,
अहंकारले त बन्धन झन बुनिँदो रहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
