दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,असार ६ ।

वेमौसमी फूल पनि फुल्ने आश गरिरहेँ
गोडमेल मलपानी गर्दै तेतै सरिरहेँ
आफ्नै मनमैलो मैले धुन सकिनछु बरै
फूल फुल्ने आशा गर्दै वर्षेभेल तरिरहेँ ।

जीवनमा झण्डा यौटा समातिने रैछ
प्राणभन्दा बढि त्यस्को माया हुने रैछ
रङ्ग त्यस्को बलियाले धूलिसात पार्दा
सियोले यो हृदयमा चस्स छुने रैछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।