बुढानिलकण्ठ-२ “Mastering the Art Of Public Speaking” मा सनराइज बोर्डिङ स्कूल प्रथम
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २५।
सनराइज बोर्डिङ स्कूलले बुढानीलकण्ठ नगरपालिका वडा नं. २स्थित बुढानीलकण्ठ युवा परिषद्को आयोजनामा सम्पन्न भएको “Mastering the Art Of Public Speaking” विषयक दुईदिने कार्यशालामा सहभागी हुँदै प्रथम स्थान प्राप्त गरेको छ।
उक्त कार्यक्रम बुढानीलकण्ठ नगरपालिका वडा नं. २को सहयोगमा २०८२ जेठ २४ गतेदेखि २५ गतेसम्म (जुन ६–७) सञ्चालन गरिएको थियो। कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सनराइज बोर्डिङ स्कूलका प्रतिनिधिले प्रभावशाली प्रस्तुतिको माध्यमबाट निर्णायकहरूको मन जित्दै सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त कार्यक्रम मा वडा अध्यक्ष श्री राजेन्द्र श्रेस्ठ ले पुरस्कार प्रदान गरेका थिए।
तपाइँको प्रतिक्रिया ।