बाल विकास बोर्डिङ हाइ स्कुल अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा फस्ट रनर अप
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २५।
बुढानीलकण्ठ -३ मा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले उत्तर भेगीय शैक्षिक मञ्च ‘ नेफ’ द्वारा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा फस्ट रनर अप हात पार्न सफल भएको छ ।
बालबालिकामा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने हेतुले आयोजना गरिएको उक्त प्रतियोगिता ग्रिनल्याण्ड स्कुलमा मिति २०८२-२-२४ गते शनिबार आयोजना भएको थियो ।
प्रतियोगिता तीन समूहमा आयोजना गरिएको थियो । पहिलो चरणमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीका बिचमा प्रतिस्पर्धा गराइएको थियो । ‘मन पर्ने विषय : किन र कसरी ’ भन्ने शीर्षक रहेको सो समूहको प्रतिस्पर्धामा बाल विकास बोर्डिङ हाइ स्कुलको दिछेन तितुङले फस्ट रनर अप हासिल गर्न सफल रहेकी हुन् ।
कार्यक्रममा नतिजा घोषणापश्चात् बाल विकास बोर्डिङ हाइ स्कुललाई ट्रफी तथा दिछेन तितुङलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
