तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल : मनास्लु र एनआईसी फाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१ ।
मनास्लु र एनआईसी एकेडेमी तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भइरहेको प्रतियोगितामा मनास्लुले पशुपति ‘बी’ लाई १–० गोलले पराजित ग¥यो । मनास्लुका कृष्ण कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा एनआईसीले किन्सलाई २–० गोलले हरायो । एनआईसीका सुनिश्चित सुवेदी ‘म्यान अफ द म्याच’ चुनिए ।
तपाइँको प्रतिक्रिया ।
