ज्ञान चक्षु इंगलिस स्कुलका शिक्षक शिक्षिकाहरुलाई Teachers Boosting तालिम

ज्ञान चक्षु इंगलिस स्कुलका शिक्षक शिक्षिकाहरुलाई Teachers Boosting  तालिम

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु इंगलिस स्कुलका शिक्षक शिक्षिकाहरुलाई Teachers Boosting तालिम प्रदान गरिएको छ।

व्यवसायिक प्रशिक्षक ईश्वर श्रेष्ठले सो विद्यालयका शिक्षक शिक्षिकाहरुलाई नियमित पठन पाठनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि गरिने गतिविधि र क्रियाकलापहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए।

विद्यालयले नियमित पठन पाठन संगै रचनात्मक र सृजनशील गतिविधिहरुलाई प्राथमिकतामा राखेको बताउदै विद्यालयका अध्यक्ष रमेश श्रेष्ठले सो शिक्षक तालिमले थप सहयोग गरेको बताएका छन।

भौतिक पूर्वाधार संगै पठन पाठनलाई विशेष जोड दिएको विद्यालयले शिक्षक शिक्षिकाहरुलाई रचनात्मक र बिज्ञ बनाउन तालिम आयोजना गरेको बताउदै प्रधानाध्यापक मिन कुमार कोइरालाले आगामी दिनमा पनि थप कार्यक्रम गत्दै जाने जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।