नेसनल प्याब्सन काठमाडौको जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

नेसनल प्याब्सन काठमाडौको  जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा ‘पाँचौं जिल्लाव्यापी अन्तर – विद्यालय हाजिरिजवाफ प्रतियोगिता’ सप्पन्न भएको हो।

सो प्रतियोगितामा कान्तिपुर इङ्लिस एकेडेमीले पहिलो स्थान हासिल गर्‍यो। भने ग्लोबल पब्लिक स्कुलले द्वितीय स्थान, काठमाडौ स्कुल अफ सेन्ट्रल स्टेटले तृतीय स्थान र काठमाडौ विद्यामन्दिरले चौथो स्थान हासिल गर्यो। हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो।

चावहिलस्थित विनायक सिद्ध कलेजमा भएको  प्रतियोगितामा काठमाडौ जिल्ला भरी ६० वटा नेसनल प्याब्सन सदस्य विद्यालहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।