आर्थिक क्रान्ति र विकासमा लागौँ ः नेता नेपाल

आर्थिक क्रान्ति र विकासमा लागौँ ः नेता नेपाल

काठमाडौँ, ९ असोज । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान आएपछि ७० वर्षदेखिको राजनीतिक क्रान्ति सफल भएकाले अब आर्थिक क्रान्ति र विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

लोक सञ्चारकर्मी नेपाल र कल्चर क्रियसन नेपालको संयुक्त आयोजनामा आज यहाँ आयोजित नवीन पौडेल र कल्पना खनालको ‘हरेक जातजाति छौँ नानाथरी’ गीति एल्बम विमोचन एवम् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताउनुभएको हो ।

नेता नेपालले लोक संस्कृति राष्ट्रको पहिचान भएकाले यसको संरक्षणमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो । “लोकभाका, संस्कृति र भाषा राष्ट्रको पहिचान भएकाले यसको संरक्षण गरिनुपर्छ, हामी अरुको संस्कृतिका पछि लागेर आफ्नो मौलिकतालाई बिर्सनु हुन्न, अहिलेको सन्दर्भमा एकता बल पुग्ने गरी ल्याइएको यो एल्बमले सबै नेपालीलाई एकताको सूत्रमा गाँस्न सहयोग पु¥याउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।

धेरै देशमा संविधानसभाबाट संविधान बनाउने काम असफल भएको सन्दर्भमा आठ वर्षमा भएपनि नेपालमा सभाबाट संविधान बन्नु सफलता भएको पनि उहाँले बताउनुभयो ।

एकता प्रवद्र्धनका लागि कलाकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले जोड दिनुभएको थियो ।

सो अवसरमा लोकभाका र लोकदोहोरी क्षेत्रलाई प्रचारप्रसार गर्न योगदान पु¥याएको भन्दै कान्तिपुर साप्ताहिकका वरिष्ठ उपसम्पादक कृष्ण भट्टराईलगायत व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।