प्याब्सन बुढानिलकण्ठको वक्तृत्वकला : घटराज,शिशु मिलन र नेसनल युनाइटेड प्रथम,दितीय,तृतीय
कपन अनलाइन
काठमाडौं,जेष्ठ १३।
प्याब्सन बुढानिलकण्ठ नगर समितीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। २० विद्यालयका विस जना विद्यार्थीहरु विच भएको प्रतिस्पर्धामा घटराज,शिशु मिलन र नेसनल युनाइटेडका छात्राहरु क्रमस: प्रथम,दितीय ,तृतीय भएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नव गुरुकुलमा भएको प्रतियोगितामा घटराज मेमोरियल स्कुलकी समिक्षा लुइँटेल प्रथम भएकी छन भने शिशु मिलन माविकी अभिलाषा श्रेष्ठ दितीय र नेसनल युनाइटेड स्कुलकी संचिता तामाङ तृतीय भएका छन।
बुढानिलकण्ठ नगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहको प्रमुख आतिथ्यता र प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक शक्तिराज नेपाल र उमेश चन्द्र अधिकारी रहेका थिए।
प्याब्सन बागमती प्रदेस समितीका सदस्यहरु खेमराज घिमिरे र विष्णुचन्द्र अधिकारी, जिल्ला सल्लाहकार जेबी हमाल , जिल्ला सचिव कृष्ण भण्डारी लगायतको उपस्थितिमा भएको कार्यक्रममा नगर उपाध्यक्ष टिका गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक तथा प्याब्सन बुढानिलकण्ठका कोषाध्यक्ष रुपक लामिछानेले कार्यक्रम संचालन गरेका थिए।