पुष्पलाल स्कुल खेलकुदमा थप सशक्त बन्दै : अन्तरास्ट्रिय खेलाडीहरू सँग सहकार्य
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ९।
नेसनल भलिबल दिवसको उपलक्ष्यमा पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलमा एक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका विद्यार्थी , शिक्षक, अभिभावक सँगसँगै भलिबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको भव्य उपस्थितमा आयोजित उक्त कार्यक्रम पूर्व महिला राष्ट्रिय खेलाडी संस्था द्वारा पुष्पलाल मेमोरियल स्कुलको व्यवस्थापनमा आयोजना गरिएको हो। केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाकि अध्यक्ष जुनु ताम्राकारले गरेकी थिइन् भने विद्यालयका पृन्सिपल नारायणबाबु तिम्सिना प्रमुख अतिथिको रूपमा रहेका थिए।
राष्ट्रिय भलिबल संघकी सदस्य निलम भट्टराईद्वारा संचालित सो कार्यक्रमको विशेष अतिथिमा विद्यालयका भाइस पृन्सिपल राजेन्द्र पुडासैनी र नेपाल डजबल फेडेरेसनका राष्ट्रिय अध्यक्ष अन्तरिक्ष अधिकारी रहेका थिए। कार्यक्रममा बोल्दै संस्थाकि अध्यक्ष जुनु ताम्राकारले आगामी दिनमा निरन्तर रूपमा विद्यालयसँग सहकार्य गर्दै भलिबल खेलमा विद्यालयलाई आफ्नो संस्थाले प्राबिधिक सहयोग गर्दै जानेकुरा बताइन।
यसैगरी भलिबल संघकी सदस्य निलम बज्राचार्यले विद्यालयले आफूहरूलाई गरेको स्वागत एवम् आतिथ्यताबाट अत्यन्तै खुसी लागेको र आफू राष्ट्रिय भलिबल संघमा पनि रहेकोले उक्त संस्थाबाट पनि विद्यालयलाई भलिबल खेलको अभिबृद्दिमा पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेकी थिइन् ।
विद्यालयका प्रिन्सिपल तिमल्सिनाले सोही अवसरमा सम्पूर्ण खेलाडीहरूलाई स्वागत गर्दै आगामी दिनमा पुष्पलाल मेमोरियल स्कुलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी उत्पादन गर्न प्रेरणा मिलेकोले अब त्यहिबाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए न्न अन्तरास्ट्रिय खेल खेलिसक्नुभएका भलिबल खेलाडीहरू सँग विद्यालयको टिमले नमूना खेल समेत प्रदर्शन गरेको थियो ।उक्त कार्यक्रमको संयोजन सीता सेनले गरेकी थिइन् ।
उक्त कार्यक्रममा उपस्थित अफिसियल र खेलाडीहरूको विवरण यसप्रकार छ:
१. अध्यक्ष : जुनु ताम्राकार
२. उपाध्यक्ष : कृष्णमाया कार्की
३. सचिब : साफ खेलाडी जयन्ती जोशी
४. सदस्य : साफ खेलाडी सीता सेन
५. ” : साफ खेलाडी रीता शाह
६. ” : साफ खेलाडी रूपा महर्जन
७. ” : साफ खेलाडी बिजु महर्जन
८. ” : साफ खेलाडी रेश्मा घिमिरे
९. ” : साफ खेलाडी रजनी थापा
१०. ” : साफ खेलाडी हिरा पन्त ११. ” : साफ खेलाडी निलम बज्राचार्य
