गोकर्णेश्वर-८ सरकारी धाराबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

गोकर्णेश्वर-८ सरकारी धाराबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

गोकर्णेश्वर नगरपालिका ८ सरकारी धाराबाट २०८२।०२।०८ गते दिउँसो मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीलेनियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका ८  घर भएका १९ वर्षीय क्षितिज रनपहेली रहेका छन् । उनीहरुले बा ९१ प ९८ ६५नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाईकलको वास्तबिक नम्बरबाग्मती प्रदेश ०२-०४१ प ८६ ०० भएको खुल्न आएको थियो।

उक्त मोटरसाइकलकाठमाण्डौको कपन घर भएका डालीकृष्ण पौडेलले गत बैशाख २५ गते काठमाडौँको चुच्चेपाटीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा उनीहरुले बा ६० प ७१५४ नम्बरको स्कुटर चोरी गरी काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका २ नाम्गेलमा लुकाई राखेको खुलेपछी प्रहरीले उक्त स्कुटर समेत बरामद गरेको छ ।

मोटरसाईकल सहित नियन्त्रणमा आएका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन   ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन  ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।