दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ३।
मनको मैलो पखाल्नलाई पैलो काम रुनु
धोईवरि सफा गर्न सत्यबादी हुनू
साँच्चै साच्चै हृदयलाई सफा राख्ने भए
आप्mनै मनको भित्रीपत्र राम्रोसँग छुनू ।
उकालीको मात्रै यहाँ चर्चा भइरन्छ
ओरालोको यात्रा पनि कतै महान हुन्छ
सागरको लक्षसम्म पुग्न नद–नदी
अविरल यात्रा उँधै उँधैै चलिरन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।