शान्तिको आकांक्षा : दिपेश तामाङ
कपन अनलाइन
काठमाण्डौ, बैशाख ३०।
हिमालको छाँयामा बसेर
बुद्वले सिकाएका छन् शान्ति ।
निर्माणको बाटो देखाएर
मानिसलाई दिएका छन् कान्ति ।।
धर्मको घण्टी बज्दै छ
लुम्बिनीको पवित्र धरतीमा ।
माया र करुणाको सन्देशमा
रमाएका छन् सबै,मानव समाजमा ।।
जहाँ युद्धको आगो बल्छ
त्यहाँ शान्तिको द्विप बालेर ।
बुुद्वको मार्गमा हिड्ँदै
सबैले पाएका छन् सुख र आदर ।।
नेपालको भूमिमा जन्मेका
गौतमले सबैलाई सिकाए ।
शान्ति नै हो असल धन भनेर
यसैलाई सत्मार्ग र सदाचार ठानेर ।।
जाऔँ सबै मिलेर बसौँ
भेदभाव सबै मेटाऔँ ।
बुद्वको शिक्षा अनुसार
नेपाललाई शान्तिको स्वर्ग बनाऔँ
(दिपेश तामाङ सनराइजबोर्डिङ्ग स्कुल, चपलीघुम्ती, बुढानीलकण्ठको कक्षा :९ मा अध्यनरत छात्र हुन् )
तपाइँको प्रतिक्रिया ।