शान्तिका अग्रदूत गौतम बुद्ध : शिशिर कुँवर
कपन अनलाइन
काठमाण्डौ, बैशाख ३०।
कपिलवस्तुजिल्लाको तौलिहवामा भयो बुद्धको जन्म
रोजे उनले प्राणीहरुको सेवागर्ने महान् कर्म ।
राजाशुद्धोदन र रानीमायादेवीका जेष्ठ सुपुत्र
दिएउनले हामीलाई शान्ति र अहिंसाका सूत्र ।।
भौतिक सुख सुविधा त्यागेर गरे सत्यको खोजी
हत्या, हिंसा पन्छाइ शान्तिको सुमार्ग रोजी ।
दरबार, परिवार सबैको मायालाई चटक्क छोडी
पीपलको वृक्षमुनि ध्यान गर्दा पाए ज्ञानको ज्योति ।।
मानव मुक्ति खोज्नलाई गरेर कठोर ध्यान
आठमार्ग दिए बुद्धले हामीलाई हटाउन अज्ञान ।
अहिंसा, करुणा, प्रेमको बाटो देखाएर संसारमा
छाउन सफल भए शान्ति मानव जातिको मनमा ।।
बुद्धको उपदेशले आजविश्वले फे¥यो शान्तिको सास
विश्वभरि शान्तिले छर्न थाल्यो अमूल्य सुवास ।
उनका उपदेशका आधारमा भयो बौद्ध धर्मको सुरुवात
यसलाई प्राणीहरुले पालनागर्ने छन् इमान्दारीसाथ ।।
रोजे उनले नि ः स्वार्थ प्राणी मात्रको सेवागर्ने कर्म
पूर्ण रुपमानिभाएउनले मानवहुनुको कर्तव्य र धर्म ।
उनलाई मानिन्छ भगवान् विष्णुको नवौँ अवतारका रुपमा
गौतम बुद्धशान्तिका अग्रदूत भनीदिएका छौँ उपमा ।।
(शिशिर कुँवर सनराइजबोर्डिङ्ग स्कुल, चपलीघुम्ती, बुढानीलकण्ठको कक्षा : ९ मा अध्ययनरत छात्र हुन् )