दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
फूल पनि झरिजान्छ वैलाएर हेर
बिहानीको आभा पनि ढलिजान्छ बेर
सबै सबै अस्थायी हुन् क्यै छैन नी दिगो
जीवन यो त्यसै त्यसै जान नदिउँ खेर ।
जीवनीका उकालीमा चढन धेरै सारो रैछ
उज्यालो र सफासुग्गर बाटो खन्न गाह्रो रैछ
देशलाई उठाउने बाचाबन्धन गर्नेहर्का
त्याग, निष्ठा, समर्पण सबै नै उधारो रैछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।