मुक्तकहरू : रोसन फुयाल

मुक्तकहरू :  रोसन फुयाल

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

आमा हेर्दाहेर्दै तिम्रो मुख हेर्ने दिन आईसकेछ
तिमिले हातमा लगाएका ति राता चुरा फेर्ने दिन आईसकेछ
तिम्रो मुख हेर्न आउन पाउदिन तेहिबाट आशिर्वाद दिनु है
मेरि आमालाई हेप्ने दुश्मनको घाँटी सेर्ने दिन आईसकेछ ।

हातमा माईक समाउदै मा कोहि हिरो हुदैन
कसैले धेरै धन कमाउदै मा कोहि हिरो हुदैन
जब कि जो कोहि दुःख सग लडेको हुन्छ
ठुला ठुला रेष्टुरेन्ट मा रमाउदै मा कोहि हिरो हुदैन ।

कुनै पत्रिका छपाउने पत्रकार हैन म
तपाईहरूले सोचे जस्तो मुक्तककार हैन म
दिनरात नभनि शब्द कोर्ने मान्छे भएतापनि
समयको गतिअनुसार चल्ने केबलकार हैन म ।

तिमीलाई यो दिलभित्र सजाएर आफ्नो बनाउँछु
दुनियाँको सामु सिंन्दुर लगाएर आफ्नो बनाउँछु
जुन दिन तिमीलाई देखेँ त्यही दिनदेखि मैले,
जे जे हुन्छ त्यहि कसम खाएर आफ्नो बनाउँछु ।

आज एक्लो बनाई छोड्यो जिन्दगीले
पीर व्यथा बल्झाई बाटो मोड्यो जिन्दगीले
मनमा अनेकौ प्रश्न उब्जिँदा उब्जिँदै पनि
हरेस खाएको मनलाई तोड्यो जिन्दगीले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।