नारी : प्रमिला खड्का (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
सृष्टिको सुन्दर फूल हुन् सबै नारी जाति
घरको इज्जतलाई सधैँ पु¥याउँछिन् माथि
आफ्नो ख्याल नराखेर घर बचाउँछिन्
माया र कर्तव्यले संसार सजाउँछिन् ।
सन्तानलाई ठान्छिन् तिनी सबैभन्दा प्यारो
परिवार छोडी हिँड्न लाग्छ तिनलाई गाह्रो
जस्तोसुकै विपत्तिमा नि हिम्मत हार्दिनन्
कमजोर बनी कसैसामु आँसु झार्दिनन् ।
पीर व्यथा लुकाएर हाँसो देखाउँछिन्
मेहनतले परिवारको भाग्य लेखाउँछिन्
त्याग र समर्पणमा सधैँ लागिपर्छिन्
अरुको खुसीमा ओठमा मुस्कान भर्छिन् ।
नारीबिनाको घर बन्छ लथालिङ्ग
परिवारको खुसी पनि बन्छ भङ्ग
नारी नै घर अनि संसार हाँक्ने चालक
उनी नै देशको स्वाभिमानी पालक ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।